बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

बिहीबार, २७ जेठ २०७८, २० : १४
बिहीबार, २७ जेठ २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १८ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १८ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार कास्कीमा ७, बागलुङ ३ गोरखा ३ नवलपरासी पूर्व २, म्याग्दी,१ स्याङजा १ र तनहुँमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१७ पुगेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा सोमबार थप ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६३३ जनाको नमुना परीक्षण गरिएकामा ५६६ जनामा संक्रमण देखिएको हो ।  संक्रमित मध्ये २७८ महिला र २८८ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ११८, गोरखामा ७८, नवलपरासी ९५,स्याङजा ४७,बागलुङ ८१, तनहुँ ७१, लमजुङ ५१, पर्वत ४ र म्याग्दीमा २८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४९ हजार ३८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ८०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४१ हजार ६६१ पुगेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप