बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा बस्यो मन्त्रिपरिषद बैठक, इमान्दारिताका साथ काम गर्न निर्देशन

बिहीबार, २७ जेठ २०७८, १९ : ५१
बिहीबार, २७ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार लगत्तै मन्त्रिपरिषदको बैठक राखेका छन् ।  प्रधानमन्त्रीले आजको मन्त्रिपरिषद बैठक सिंहदरबारमै राखेका हुन् । यसअघि ओलीले बालुवाटारमा मात्रै बैठक राख्ने गरेका थिए ।

 बिहीबार सवा ६ बजेदेखि बसेको बैठक झण्डै सवा ७ मा सकिएको छ । बैठकमा प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरुलाई आ आफ्नो जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्न निर्देशन दिए ।  साथै नवनियुक्त मन्त्रीहरुलाई शुभकामना समेत दिएको एक मन्त्रीले जानकारी दिए ।  प्रधानमन्त्रीले आजै मन्त्रीपरिषद् बिस्तार गर्दै २५ सदस्य बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप