बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वावेले चीनमा खोल्यो ग्लोबल साइबर सुरक्षा र प्राइवेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर

बिहीबार, २७ जेठ २०७८, १९ : ४४
बिहीबार, २७ जेठ २०७८

डोंग्वान । ह्वावेले चीनको डोंग्वानमा आफ्नो सबैभन्दा ठूलो ग्लोबल साइबर सुरक्षा र प्राइवेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर खोलेको छ । 

जसको उद्घाटन समारोहमा जीएसएमए, एसयूएसई ब्रिटिश स्टान्डर्ड संस्थाका प्रतिनिधिहरू, यूएई र इन्डोनेसियाका नियामकहरू उपस्थित थिए ।

नयाँ सेन्टरको उद्घाटनको साथसाथै ह्वावेले यसको प्रडक्ट साइबर सुरक्षा बेसलाइन पनि जारी गरेको छ । कम्पनीले पहिलो पटक समग्रमा उद्योगको लागि आफ्नो प्रडक्ट सुरक्षा आधारभूत ढाँचा र व्यवस्थापन अभ्यास उपलब्ध गराएको छ । यी कार्यहरू कम्पनीको ग्राहक, आपूर्तिकर्ता, स्टान्डर्ड संगठनहरु र अन्य सरोकारवालाहरूलाई संयुक्त रुपमा उद्योगभरमा साइबर सुरक्षा बृद्धि गर्ने प्रयासको हिस्सा भएको कम्पनीको दावी छ ।

सेन्टरको उद्घाटन गर्दै ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले एक उद्योगको रूपमा सँगै मिलेर काम गर्न, राम्रो अभ्यासहरू साझेदारी गर्न र शासन, मापदण्ड, प्रविधि र प्रमाणीकरणमा हाम्रो सामूहिक क्षमताहरु निर्माण गर्न आवश्यक भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप