सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
बिहीबार, २७ जेठ २०७८, १९ : २४
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर २, कैलाली १, अछाम १, डडेल्धुरा १, बाजुरा १ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३८ मा एन्टिजेन परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टी भएको छ त्यसमध्ये १ जनाको मृत्यु भएको छ । २ सय ८२ मा पिसिआर परीक्षण गर्दा १ सय ३ कोरोना पुष्टी भएको छ भने ५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की ले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह