मन्त्री नैनाकला थापाद्वारा पदभार ग्रहण, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २७ जेठ २०७८, १९ : १७
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनाकला थापाले बिहीबार मन्त्रालयमा पद बहाली गरेकी छन् । मन्त्रालय एवम् मन्त्रालय सम्बद्ध निकाय प्रमुखहरुको उपस्थितिमा पद बहाली गरिएको थियो ।
पदभार ग्रहण एवं स्वागत समारोहलाई सम्बोधन गर्दै थापाले मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निभाउन सबैको सहयोग, सद्‍भाव, समन्वय र साझेदारी आवश्यक रहने विचार व्यक्त गरिन् ।

राज्यको चौथो अङ्गको रुपमा रहेको यस मन्त्रालयको गहन जिम्मेवारीमा एक अर्काको पुरक भइ मन्त्रालय सम्बद्ध १८ वटा निकायहरुले तोकिएको जिम्मेवारी असल परम्परा, संस्कार र अभ्यासका आधारमा कार्यान्वयन गर्न जोड दिइन् । सञ्चार तथा सूचना प्रविधिको पहुँचबाट संसार साँघुरिदै गएकोले जनतालाई हात हातमा सरकारी सेवा पुर्याउन मन्त्रालय एवं सम्बद्ध निकाय एक परिवारको रुपमा अघि बढ्नका लागि आव्हान समेत गरिन् ।









Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण