शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिड बिरामीको निःशुल्क उपचारका लागि ८३ वटा स्वास्थ्य संस्थासँग सम्झौता

बिहीबार, २७ जेठ २०७८, १९ : १०
बिहीबार, २७ जेठ २०७८

सरकारले कोरोना संक्रमित बिरामीको निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार हुने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् । 

मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने र निःशुल्क उपचार सेवा दिने व्यवस्था गर्नुका साथै उपचार गरे बापतको खर्च सरकारले बेहोर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ । सरकारले निःशुल्क उपचारका लागि ८३ वटा अस्पतालहरूसँग सम्झौता समेत गरेको छ । 

त्यस्तै सरकारी अस्पतालसहित नीजि तथा मेडिकल कलेजमा कोरोना संक्रमितको सःशुल्क उपचार गराएमा लिखित रुपमा मञ्जिुरीनामा लिएर उपचार गराउन समेत मन्त्रालयले निर्देशन दिएको छ । 

यस्ता छन् कोभिड बिरामीले प्राप्त गर्ने निःशुल्क सेवा   

-सामान्य रगत परीक्षण जस्तै सिरम, युरिया, क्रियटिनिन, सुगर, सिआरपी, सिबिसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी आदी

- छातीको एक्सरे

-उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि

-बिरामीको शैया शुल्क

- खाजा तथा खानासहित (चार छाक)

-चिकित्सक तथा नर्सको राउन्ड सेवा

-अक्सिजन

यी सेवा लिँदा कोभिड बिरामीलाई शुल्क लाग्छ 

-आइसीयू बाहेकका बिरामीमा पिसिआर

-रेमडिसिभिर

-प्लाज्मा थेरापी

-सिटी स्क्यान

- हायर एन्टिबायोटिक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप