आफ्नै सहकर्मीका कारण मन्त्री बन्न नपाएको महेश बस्नेतको गुनासो
नेकपा एमाले ओली समूहका नेता महेश बस्नेतले आफ्नै साथीहरूका कारण मन्त्री बन्न नपाएको खुलासा गरेका छन् । साथै पार्टीभित्रका ती विरोधी साथीहरुलाई उनले धन्यवाद समेत दिएका छन् । बिहीबार भएको १८ औं पटकको मन्त्रिमण्डल विस्तारपछि प्रतिक्रिया ब्यक्त गर्दै पूर्वमन्त्री समेत रहेका बस्नेतले हरेक पटक मन्त्रिपरिषद् बिस्तार हुँदा आफ्नो नाम ब्यापक चर्चामा आउने गरेपनि आफ्ना सहयोद्धा साथीहरु मन्त्री बनाउने पक्ष र विपक्षमा लाग्ने गरेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्– ‘मेरो सहयोद्धा कमरेडहरु मन्त्री बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् । मेरा विरोधी साथीहरुलाई झन धेरै धन्यवाद छ ।’ उनले आफ्ना ती साथीहरुको सो कदमका कारण झन् सचेत भएर कदम चाल्ने गरेको र यस्ता कुरा आफ्ना लागि सिकाई र उपलब्धी भएको उनको भनाई छ ।
मन्त्रिपरिषद विस्तार गर्ने क्रममा नेता बस्नेतले गृहमन्त्री पाउने चर्चा चले पनि अर्का नेता खगराज अधिकारीले सो पद हात पारेका छन् । नेता बस्नेतले पार्टीको काममा सदैव आफ्नो दक्षता देखाएको र पार्टीभित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्ने गरी काम गरेको उल्लेख गरेका छन् ।
उनले कतिपय मिडियाले आफ्नो नाम जोडेर अर्को गुटमा लाग्न लागेको समाचार लेखेको प्रति आक्रोश समेत ब्यक्त गरेका छन् । उनले आफू जहाँ छु त्यहीं रहेर राजनीति गर्ने स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण