शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘धोका दियौ’मा चिरञ्जिवी र कृतिशाको रोमान्स

बिहीबार, २७ जेठ २०७८, १७ : २४
बिहीबार, २७ जेठ २०७८

गायिका एलिना चौहानले स्वर रहेको गीत ‘धोका दियौ’ सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको यो चर्चित गीत फिमेल भर्सनको रुपमा एलिनाको स्वरमा आएको हो । सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा मोडल कृतिशा केसीले निकै राम्रो अभिनय गरेकी छन् । उनलाई अभिनयमा जोडीको रुपमा चिरञ्जिवी सापकोटाले साथ दिएका छन् । भिडियोमा रोशनी कार्की र जीवेश गुरुङको समेत अभिनय देख्न सकिन्छ ।

प्रेम पीडा ब्यक्त गरेको गीतको भिडियोमा प्रेम र प्रेम पीडा कथाको रुपमा प्रस्तुत गरिएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायाँकन र डिन्सन शाहको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप