शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेती अस्पतालमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, २७ जेठ २०७८, १६ : ४६
बिहीबार, २७ जेठ २०७८

कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ सय ७९ नमुनाको परीक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो  । हालसम्म सो अस्पतालमा  १ सय ७९ जनाको मृत्यु भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

अस्पतालका अनुसार अहिले आईसीयुमा ९ र भेन्टीलेटरमा २ जना रहेको श्रेष्ठले बताए । उनले पछिल्लो २४ घण्टामा ९ जना नयाँ बिरामी अस्पताल भर्ना भएको जानकारी दिए ।  त्यसमध्ये ४ जना निको भएका ३ जनाको  संक्रमणबाट मृत्यु भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप