शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गैंडा सुटर सोम गुरुङ नेपाली सेनाको नियन्त्रणमा

बिहीबार, २७ जेठ २०७८, १६ : २१
बिहीबार, २७ जेठ २०७८

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा खटिएको सैनिक टोलीले गैंडा सुटर सोम गुरुङलाई पक्राउ गरेको छ । वास्तविक नाम खड्ग गुरुङ भएका सोम गुरुङलाई नवलपुरको गैंडाकोट नगरपालिका–३ बाट पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

जेठ २५ मा चितवन राष्ट्रिय निकुञ्‍जको सुरक्षार्थ तैनाथ खड्‍गदल गण र निकुञ्‍ज प्रशासनको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । गैडाकोट नगरपालिका–३ स्थित डढेली घर भएका उनलाई सेनाले चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझाएको छ

त्यस्तै, नेपाली सेनाले बँदेल मारेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पूर्व पश्‍चिम राजमार्ग स्थित शुक्लाफाँटा नगरपालिका–११ बनरा जङ्गल हुँदै महेन्द्रनगरतर्फ जाँदै गरेको टिपरमा मृत बँदेल लिएर हिँडेका ३ जनालाई सैनिक टोलीले पक्राउ गरेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खटिएको देवीदल गण सुरक्षा गुल्मको टोलीले बँदेल सहित उनीहरुलाई निकुञ्‍ज प्रशासनमा बुझाएको छ । ना.१.क ५७७२ नम्बरको टिपरमा सवार ३ जनालाई ३५ केजी तौलको मृत बँदेलसहित पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप