शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसिद्ध फिल्म निर्देशक बुद्धदेव दास गुप्ताको निधन

बिहीबार, २७ जेठ २०७८, १६ : १६
बिहीबार, २७ जेठ २०७८

प्रसिद्ध फिल्म निर्देशक बुद्धदेव दास गुप्ताको निधन भएको छ । ७७ वर्षीय दासगुप्ताको बिहिबार निधन भएको परिवारले जनाएको छ । परिवारका अनुसार उनमा मृगौला सम्बन्धि समस्या रहेको थियो । त्यसको कारणले हप्ताको दुई पटक उनको नियमित डायलासिस हुँदै आएको थियो । उनका श्रीमती र पहिलो श्रीमतीतर्फ दुई छोरी छन् ।

पश्चिम बंगालकी सीएम बनर्जीले उनको निधनमा शोक ब्यक्त गरेका छन् । बनर्जीका अलवा फिल्ममेकर गौतम घोष र अभिनेता दीपांकरले पनि उनको निधनमा शोक ब्यक्त गरेका छन् । दासगुप्ताका अहिलेसम्म ५ फिल्मले बेष्ट फिचर फिल्मको रुपमा नेशनल अवार्ड पाएको छ । यसको अलवा दुई फिल्मबाट उनले बेष्ट निर्देशकको रुपमा नेशनल अवार्ड लिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप