शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामकृष्ण र मेलिनाको स्वरमा नयाँ गीत ‘सुनसरी इनरुवा’

बिहीबार, २७ जेठ २०७८, १६ : ११
बिहीबार, २७ जेठ २०७८

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा आसपासका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ ।

गीतको भिडियो समेत बनेको छ । जसमा गायक ढकाल र मोडल रिमा विश्वकर्माको अभिनय समेटिएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायाँकन, विकास दाहालको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप