गृहमन्त्री अधिकारीको क्याबिनेटमा पाँचौ वरियता, बादल पत्नी नैनकलाको १४ औं
बिहीबार, २७ जेठ २०७८, १५ : १५

केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएका खगराज अधिकारीको वरियता पाँचौ नम्बरमा रहेको छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । कास्कीमा उनी ओलीका विश्वास पात्र मानिन्छन् ।
रामबहादुर थापा बादललाई सर्वोच्चले सांसद नरहेको भन्दै पदमुक्त गरिदिएपछि अधिकारीको गृह मन्त्रालयमा प्रवेश भएको हो । यता बादलले भने पत्नी नैनकला थापालाई मन्त्री बनाउन सफल भएका छन् । नैनकला सञ्चार तथा सूचनाप्रविधि मन्त्री नियुक्त भएकी हुन् । उनको ओली सरकारमा १४ औं नम्बरको वरियता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै (यस्तो छ सम्भावित कार्यसूची)
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात
-
सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट