सूकीविरुद्ध थप कडा कदम उठाउँदै म्यानमारको सैन्य सरकार, हालसम्मकै गम्भीर मुद्दा दर्ता
![सूकीविरुद्ध थप कडा कदम उठाउँदै म्यानमारको सैन्य सरकार, हालसम्मकै गम्भीर मुद्दा दर्ता](https://rpcdn.ratopati.com/media/albums/aung_san_suu_kyi_vbmWq8t2fj.jpg)
म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेता आङ सान सूकीविरुद्ध हालसम्मको सबैभन्दा गम्भीर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
सूकीमाथि घुसबापत् नगद र सुन दिएको आरोप लगाइएको छ । उनीमाथि लागेको यो आरोप पुष्टि भए उनलाई १५ वर्षको जेल सजाय हुनसक्छ ।
यसबाहेक उनीमाथि अन्य ५ मामिला पनि दर्ता गरिएको छ जसमा अवैध रुपमा वाकीटकी आयात गरेको र सार्वजनिक अशान्ति फैलाएको आरोप छ ।
१ फेब्रुअरीमा सैन्य कूपछि पूर्व स्टेट काउन्सलर सूकीलाई पक्राउ गरिएको थियो ।
त्यतिबेला देखि नै उनी आफ्नै घरमा नजरबन्दमा छिन् । उनी कहिलेकाँही अदालतमा देखिन्छिन् ।
सैन्य काउन्सिलको तर्फबाट बिहिबार जारी गरिएको प्रेस रिलिजमा सूकीले घुसको रुपमा ६ लाख डलर र सुनका सातवटा टुक्रा लिएको जानकारी उल्लेख छ ।
यसमा लगाइएको आरोप अनुसार नेशनल लीग फर डेमोक्रेसीको पछिल्लो नागरिक सरकारले भूमि सम्झौतामा अत्यधिक पैसा बगाएको छ । सूकीबाहेक अन्य थुप्रै पूर्व अधिकारीविरुद्ध भ्रष्टाचार र घुस लिएको मुद्दा दर्ता गरिएको छ ।
यसअघि सूकीविरुद्ध आर्टिफिसियल सिक्रेट एक्टलाई तोडेको मामिला दर्ता गरिएको थियो जसमा १४ वर्षको जेल सजाय हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन
-
राजनीतिक उथलपुथलले सहकारी समस्या ओझेलमा परेको छ : अध्यक्ष केसी
-
मन्त्री बन्न कांग्रेस सांसदले थाले दौडधुप, उपप्रधानमन्त्रीबारे अलमलमा देउवा
-
सप्तकोसीमा जलसतह यो वर्षकै उच्च
-
संस्कार र इनुशालाई स्वर्ण
-
सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु