शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक बस्नुअघि कोरोना परीक्षण

बिहीबार, २७ जेठ २०७८, १५ : १४
बिहीबार, २७ जेठ २०७८

बागमती प्रदेशसभा बैठक बस्नुअघि बैठकमा सहभागी हुनेहरुको कोरोना परिक्षण गरिएको छ । 
बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यसहित, प्रदेशसभा सचिवालयका कर्मचारी, मर्यादापालक, पत्रकारहरू सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो ।
सभामुख, उपभामुख तथा मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभाका सदस्यहरुको कोभिड एन्टिजेन परीक्षण गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । 
उनका अनुसार एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट प्राप्त भएकाहरु मात्र बैठकमा सहभागि हुने अनुमती दिइनेछ । 

आजको प्रदेशसभा बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।
उनका अनुसार नीति तथा कार्यक्रम सार्वजनिक भएपछि मुख्यमन्त्री डोरमणि पौडेलद्वारा धन्यवाद ज्ञापन गर्ने र ५ वटा विषयगत समितिहरूको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप