शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनलाई बाइडेनको चेतावनी : हानिकारक व्यवहारमा समावेश भए...

बिहीबार, २७ जेठ २०७८, १४ : ५८
बिहीबार, २७ जेठ २०७८

जो बाइडेन अमेरिकाका राष्ट्रपति बनेपछि पहिलो पटक आफ्नो विदेश भ्रमणमा बेलायत पुगेका छन् जहाँ उनले रुसमाथि निशाना साँधेका छन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाईरुसले हानी पुर्‍याउने खालका गतिविधिमा समावेश भए यसका लागि बलियो र सार्थक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

ट्रम्प प्रशासनका बेला अमेरिकाको मित्र देशसँग तनावपूर्ण सम्बन्धपछि बाइडेनले अन्य देशसँग बलियो सम्बन्ध राख्ने आफ्नो उद्देश्य भएको बताएका छन् ।

बाइडेन जीसेभेन देशको शिखर सम्मेलनका लागि बुधबार बेलायत पुगेका छन् । सम्मेलनका बेला उनी नयाँ ‘एट्लान्टिक चार्टर’ बारे चर्चा गर्नका लागि बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग भेटघाट गर्नेछन् ।

यो एक तरिकाले सन् १९१४ मा विन्स्टन चर्चिल र फ्रेंकलिन रुजवेल्टबीच भएको सम्झौताको आधुनिक संस्करण हुनेछ जसमा जलवायु परिवर्तन र सुरक्षा जस्ता चुनौतीलाई पनि महत्व दिइनेछ ।

आफ्नो आठ दिनको युरोपेली भ्रमणमा बाइडेन विन्डसर क्यासलमा बेलायतकी महारानीसँग भेटघाट गर्नेछन्, जीसेभेन देशका नेताको बैठकमा भाग लिनेछन् र अमेरिकी राष्ट्रपति नेटोको सम्मेलनमा भाग लिनेछन् ।

आफ्नो भ्रमणको अन्तिम चरणमा बाइडेन जिनेभामा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग पनि भेटघाट गर्नेछन् ।

ह्वाइट हाउसले रुसी राष्ट्रपतिसँग भेटघाटका बेला बाइडेन हतियारमा लगाम लगाउने, जलवायु परिवर्तन, युक्रेनमा रुसी सेनाको दखल, रुसी साइबर ह्याकिङ गतिविधि र रुसी विपक्षी नेता एलेक्सी नवेलनीलाई जेल पठाएको समेत ‘अन्य थुप्रै महत्वपूर्ण मुद्दा’ मा कुराकानी गर्नेछन् ।

मस्कोको एउटा अदालतले बुधबार एलेक्सी नवेलनीसँग सम्बन्धित तीन संगठनलाई चरमपन्थी बताउँदै त्यसलाई गैर कानूनी घोषित गरेको छ ।

बुधबार बाइडेन सफकमा बेलायतको बायुसेना आरएएफ मिल्डेनहोल सैन्य हवाई अड्डामा पुगे जहाँ अमेरिकी सैनिक र उनको परिवारलाई सम्बोधित गर्दै उनले पुटिनलाई स्पष्ट सन्देश दिने बताए । दक्षिण पश्चिम ब्रिटेनस्थित कर्नवाल जानु अघि बाइडेन सफक पुगेका थिए ।

बाइडेनले भने, ‘हामी रुससँग तनावको स्थिति चाहँदैनौं । हामी दुई देशबीच स्थिर र राम्रो सम्बन्ध चाहन्छौं । तर एउटा कुराको लागि म स्पष्ट छु । यदि रुसी सरकार कुनै प्रकारको हानी पुर्याउने गतिविधिमा समावेश हुन्छ भने अमेरिकाले निकै कडा र सार्थक तरिकाले यसको जवाफ दिनेछ ।

पछिल्ला केही वर्षमा थुप्रै मुद्दाको विषयमा अमेरिका र रुसबीच तनाव बढेको छ र दुबै देशको सम्बन्धमा निकै तिक्तता छाएको थियो । अप्रिलमा पुटिनले पश्चिमी शक्तिमा रुसमाथि निशाना साँध्ने कोसिस गरेको आरोप लगाएका थिए र उनलाई लक्ष्मण रेखा पार नगर्न चेतावनी दिएको थियो ।

अमेरिकी राष्ट्रपतिले उनको पहिलो विदेश भ्रमणको ‘प्रत्येक चरणमा’ राष्ट्रपतिको रुपमा उनले स्पष्ट पार्न चाहे कि ‘अमेरिका मैदानमा फिर्ता भएको छ र मुश्किलभन्दा मुश्किल चुनौतीसँग जुध्न र भविष्यको सबैभन्दा ठूलो चिन्तासँग जुध्नका लागि संसारभरीका गणतान्त्रिक देश एक साथ उभिएका छन् ।’

जीसेभेन शिखर सम्मेलनमा भाग लिनका लागि अन्य देशका नेता शुक्रबार कर्नवाल पुग्नेछन् । नेताबीचको बैठक शनिबार र आइतबार आयोजना हुँदैछ ।

जीसेभेन देशको समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत, अमेरिका र युरोपेली संघ समावेश छन् । यो दुनियाँको सर्वाधिक ठूला र आधुनिक अर्थव्यवस्था भएको मान्यता राखिन्छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप