शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा गैँडाको खाग फेला

बिहीबार, २७ जेठ २०७८, १४ : ३९
बिहीबार, २७ जेठ २०७८

पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज बिहान स्थानीयले खाग बेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खवर गरेका थिए ।
कालिका नगरपालिका वडा नम्बर १ को चतुर्मुखी सामुदायिक वनको संरक्षित वन क्षेत्रमा ८ दशमलब ५ इन्च लामो ४ सय ४५ ग्रामको खाग भेटिएको हो । भेटिएको खागलाई सुरक्षित रुपमा वन कार्यालयमा ल्याइएको छ । सामुदायिक वनका प्रतिनिधि र वन कार्यालयका प्रतिनिधिको रोहोवरमा मुचुल्का उठाई खाग ल्याइएको र सो खागलाई आजै चितवन राष्ट्रिय निकुञ्जमा पठाइने उनले जानकारी दिए । गैंडा एक आपसमा जुधेर खाग भाँचिएको हुन सक्ने अनुमान कार्यालयले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप