शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनसहित सुनसरीबाट एकजना पक्राउ

बिहीबार, २७ जेठ २०७८, १४ : ३१
बिहीबार, २७ जेठ २०७८

सुनसरीको कोशी गाउँपालिका–८ स्थित भन्टाबारीबाट प्रहरीले खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्टाबारी घर भएका ४० वर्षीय शम्भु कविरथ छन् ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उनको साथबाट ९ दशमलव ५४० ग्राम लागु औषध ‘खैरो हेरोइन’ बरामद गरेको छ । उनिमाथी लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार अदालत बाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप