शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वमन्त्री शुक्लद्वारा आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान

बिहीबार, २७ जेठ २०७८, १४ : २४
बिहीबार, २७ जेठ २०७८

पूर्व शिक्षामन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लले रुपन्देहीस्थित कोभिड आइसोलेशन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उनले रुपन्देहीको मझगावास्थित मर्चवार बहुमुखी क्याम्पसमा सञ्चालित २५ बेडको आइसोलेशन सेन्टरलाई विभिन्न सामग्री प्रदान गरेका हुन् ।

शुक्लले सेन्टरलाई केएन नाइन्टी फाइभ मास्क ४ सय थान, सेनिटाइजर २० लिटर, सर्जिकल मास्क ४ हजार थान, ग्लोब्स २ हजार थान, फेस शिल्ड १३० थान, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) २० थान, डिस्पोजेबल गाउन ४ सय थान, कभर अल ५० थान, सुज कभर १ सय थान, अक्सिजन केनुला ३० थान, अक्सिजन सिलिन्डर ८ थान अक्सिजन कन्सनट्रेटर २ थान प्रदान गरेका हुन् ।

सो अवसरमा बोल्दै शुक्लले द्रोस्रो लहरको कोरोना महामारी फैलिएपछि भुईँमा राखेर उपचार गर्नुपर्ने अवस्थाको स्मरण गर्दै आइसोलेशन सेन्टर निर्माण भएपछि उपचारका लागि आधारशिला खडा भएको बताए ।  राज्यले गर्नुपर्ने काम लायन्स क्लब लगायतका संस्थाले गर्दा राज्यलाई सहयोग पुगेको भन्दै उनले प्रशंसा गरे ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले स्वास्थ्य क्षेत्रमा काम अगाडी बढाउन प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय भइरहेको उनले बताइन् ।  लायन्स क्लब अफ लुम्बिनी मर्चवार संस्थापक अध्यक्ष सन्दिप त्रिपाठीले कोरोना महामारीको नियन्त्रण तथा रोकथामको लागि मझगावामा २५ बेडको कोभिड आइसोलेशन सेन्टर निर्माण गरिएको बताए । 

त्यस्तै सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धले मर्चवारको आइसोलेशन सेन्टरलाई सहयोग गरेको छ ।  कोटहीमाई र मर्चवारी गाउँपालिकाको सहकार्यमा लायन्स क्लब अफ लुम्बिनी मर्चवारद्वारा सो आइसोलेसन सेन्टरको निर्माण गरिएको हो ।

क्लबले यसअघि भैरहवास्थित भीम अस्पतालमा अक्सिजन सिलिन्डर रिफिलको लागि ३२ हजार ५ सय रुपैयाँ प्रदान गरेको क्लबका सचिव राजन शुक्लाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप