शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भविष्यका लागि समृद्धि फाइनान्सले ल्यायो ‘समृद्धि क्रमिक मुद्दती खाता’ योजना

बिहीबार, २७ जेठ २०७८, १४ : १७
बिहीबार, २७ जेठ २०७८

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ‘समृद्धि क्रमिक मुद्दती खाता’ योजना सार्वजनिक गरेको छ । उक्त खाता नेपाली नागरिक जो कसैले खोल्न सक्ने फाइनान्सले जनाएको छ ।

यो वचत खाता भविष्यमा बालबच्चालाई पढाउनका लागि रकम जम्मा गर्ने तथा अन्य प्रयोजनका लागि रकम जम्मा गर्नेहरुका लागि यो योजना उपयोगी हुनेछ । साथै आकर्षक व्याज आम्दानी गर्ने व्यवसायी, गृहिणी, सरकारी तथा गैर सरकारी संस्थाका जागिरे व्यक्ति तथा अन्य व्यक्तिहरुलाई यो खाता विशेष लाभदायी हुनेछ ।  

उक्त खाता खोल्दा न्युनतम मौज्दात १,००० राख्नुपर्नेछ भने मासिक रुपमा कम्तीमा ५०० र बढीमा ५०० ले गुणा हुने रकम जम्मा गर्न सक्नेछन् । सो योजना ५ वर्ष देखि १५ बर्ष सम्मको हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार वर्ष रोजी उक्त रकम एकमुष्ठ भुक्तानी पाउनेछन् । 

अन्य बैंक तथा वित्तीय संस्थाको खातामा भन्दा यस संस्थाको समृद्धि क्रमिक मुद्दती खाता निम्न कारणले विशेष उपयोगी रहेको कुरा फाइनान्स कम्पनीका कार्यकारी अधिकृत टिका निधि लोहनीले जानकारी दिए ।

–समृद्धि क्रमिक मुद्दती​ बचत खाता खोल्ने ग्राहकहरुको दम्पतीको १० लाख सम्मको दुर्घटना बिमा सुविधा पाउनेछन् । 

–बच्चाको खाता भएमा उक्त रकम बराबरको अभिभावकको समेत बिमा हुनेछ । 
–ग्राहकलाई अवधी नसकिँदै रकमको आवश्यकता परेमा बचतको ९० प्रतिशत कर्जा लिन सक्नेछन् । 
–ब्यालेन्स सर्टिफिकेट  र गुड फर पेमेन्टमा २५ प्रतिशत छुट पाउनुका साथै कर्जा लिने ग्राहकहरुले विशेष छुट पाउनेछन् ।

साथै कम्पनीले समृद्धि एम बैंक मोबाइल एप्लिकेशन मार्फत नेपालमै पहिलो पटक मोबाइलबाट रेमिट्यान्स पठाउन र पाउन सक्ने व्यवस्था गर्ने पहिलो फाइनान्स कम्पनी भएको पनि कम्पनीले दावी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप