शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

माधव छोडेका गणेशलाई मन्त्री उपहार

बिहीबार, २७ जेठ २०७८, १२ : ३९
बिहीबार, २७ जेठ २०७८

एमाले विवादमा खनाल–नेपाल समुह छोडेर अध्यक्ष ओली खेमामा लागेका सिन्धुलीका गणेश पहाडीले मन्त्री पद पाएका छन् । प्रधानमन्त्री ओलीले पहाडीलाई समेटेर बिहीबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा ओलीले पहाडीलाई महत्त्वपूर्ण मानिने मन्त्रालय सामान्य प्रशासनको जिम्मेवारी दिएका छन् । 

पहाडी केही साता अघिमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लागेका थिए । उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप