शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बिर्तामोडमा आजको खोप कार्यक्रम स्थगित

बिहीबार, २७ जेठ २०७८, १२ : ३०
बिहीबार, २७ जेठ २०७८

झापा । झापाको बिर्तामोड नगरपालिकामा आजको खोप कार्यक्रम स्थगित भएको छ । नगरपालिकाले खोप अभाव भएको भन्दै सूचना निकालेर कार्यक्रम स्थगित गरेको जनाएको हो । 

सरकारले चीनमा उत्पादित भेरोसिल खोप ६२ देखि ६४ बर्ष उमेर समुह तथा अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी  लगायतका मानिसलाई लगाउने गरि जेठ २६ र २७ गते दुई दिनको तालिका सार्बजनिक गरेको थियो । 

सरकारको तालिका अनुसार स्वास्थ्य कार्यालय झापाले बिर्तामोड नगरपालिकालाई १ हजार ५ सय ९६ खोप उपलब्ध गराएको तर २६ गते बिहानै देखि सयौँको संख्यामा खोप केन्द्रमा मानिसहरु भेला भएको र दिउसै खोप सकिएको नगरपालिकाका कर्मचारी मेघराज बास्तोलाले जानकारी दिए । 

बिर्तामोडमा चार वटा केन्द्र मार्फत खोप हानिएको र वडा नम्बर ५ मा रहेको देवी मावि केन्द्रमा विवादका कारण कार्यक्रम हिजै स्थगित गरिएको थियो । उक्त केन्द्रमा १ सय ७० ओटा खोप पठाइएकोमा बिहानै देखि खोप लगाउन सयौँको संख्यामा मानिस भेला भएकाले विवाद भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसीराम पोखरेलले बताए । 

हाल नगरपालिकासँग १ सय ८० ओटा मात्र खोप रहेको र नगरपालिकाको बैठकले थप खोप मगाउने निर्णय गरेको उनले जानकारी दिए । 

लक्षित उमेर समूहलाई मात्र करिब १ हजार ५ सय खोपले पुग्ने भएपनि अग्रभागमा रहेर काम गर्नेहरुको संख्या एकिन नभएकाले खोपको आवश्यक मात्रा भने कति चाहिन्छ भन्न नसकिने पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप