शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कीर्तिपुरबाट चितुवाको छाला सहित २ जना पक्राउ

बिहीबार, २७ जेठ २०७८, १२ : ०५
बिहीबार, २७ जेठ २०७८

 काठमाडौंको कीर्तिपुरबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन् । आरोपीहरको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

चितुवाको छाला कारोबारी काठमाडौंको कीर्तिपुरमा डेरा गरेर बस्दै आएका थिए । सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप