पोखराका पत्रकार यज्ञराज बाँस्तोलाको कोरोनाबाट निधन
बिहीबार, २७ जेठ २०७८, १२ : ००
पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ । बाँस्तोलाको कोरोना संक्रमणका कारण पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।
रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पत्रकार बास्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन् । उनी आनन्द मार्ग प्रचारक संघका सल्लाहकारसमेत हुन् । पत्रकार बाँस्तोला दुई साता अघि कोरोना संक्रमित भएका थए ।
बाँस्तोलाको यही जेठ २५ गतेपछि चरक मेमोरियलमा उपचार भइरहेका थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
कास्कीको पुरन्चौरमा जन्मिएका बाँस्तोलाका श्रीमती, ३ छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४३ वर्षमा जसले गरे १२ पटक बिहे र सम्बन्ध विच्छेद
-
सीएनआईवाईईएफको ‘सिनर्जी’ सम्मेलन : युवा उद्यमीलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता
-
हिउँदमा पनि हटेन बागमती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
-
राज्यले गरेको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित होइन : सञ्चारमन्त्री
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान परीक्षण हुँदै
-
कैलालीबाट खैरो हेरोइनसहित युवक पक्राउ