बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बीमा कम्पनीका संस्थागत अभिकर्ताले छुट्टै अनुमति लिनुपर्ने

बिहीबार, २७ जेठ २०७८, ११ : ३९
बिहीबार, २७ जेठ २०७८

बीमा कम्पनीका संस्थागत अभिकर्ताले छुट्टै अनुमति लिनुपर्ने भएको छ । संस्थागत अभिकर्ता भएर काम गरिरहेका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्था लगायतले अलग्गै इजाजत लिनुपर्ने व्यवस्था बीमा समितिले गरेको छ । 

लाइसेन्स लिनका लागि अभिकर्ता बन्न चाहने संस्थाले प्रबन्धपत्र, नियमावली वा विधानमै कुन प्रकारको अभिकर्ता बनेर काम गर्ने भन्ने खुलाउनुपर्ने बीमा समितिले  जारी गरेको ‘संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका’ मा व्यवस्था गरिएको छ । 

अभिकर्ता बन्न चाहने कम्पनी वा संस्थाका प्रबन्धकमध्ये कम्तिमा एक जनाले बीमा अभिकर्ता सम्बन्धी तालिम लिएको हुनुपर्ने र कम्तिमा एसईई उत्तिर्ण हुनुपर्ने  छ । संस्थागत अभिकर्ताको इजाजतका लागि निवेदन दिन कागजातको प्रक्रिया लम्ब्याइएको छ । अभिकर्ताले बीमितलाई भ्रममा पार्न, करकाप गर्न, अभिकर्ता कमिशनमा प्राप्त हुने रकम दिन वा दिने आश्वासन बाँढ्न पनि रोक लगाएको छ ।

अभिकर्ताले अण्डरराइटिङसम्बन्धी काम गर्न र बीमा कम्पनीको तलबी कर्मचारी, परामर्शदाता, सर्भेयर, सल्लाहकार वा लेखापरीक्षक भएर काम गर्न नपाइने व्यवस्था निर्देशिकामा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप