फिल्म ‘चुरीफुरी’ले दियो सर्वसाधारणलाई राहत

काठमाडौंँ । लामो समयदेखि जारी निषेधाज्ञाका कारण निम्न बर्गका मानिसको दैनिक गुजारामा समेत समस्या देखिएको छ । दैनिक गुजारामा समेत समस्य देखिएका काठमाडाैं बसुन्धराका करिब २५ परिवारलाई फिल्म ‘चुरीफुरी’ले खाध्यान्न राहत सहयोग गरेको छ ।
फिल्म युनिटले ति परिवारलाई चामल, दाल, नुन, तेल, बिस्कुट लगायतका खाध्यान्न र मास्क समेत बितरण गरेको छ । त्यसको अलवा निर्माण युनिटले एकल महिला, अपाङ्ग तथा मृगौला बिरामीका परिवारलाई समेत राहत बितरण गरेको चलचित्रका निर्देशक ऋषि राज आचार्यले जानकारी दिए ।
फिल्मका तर्फबाट निर्माता समेत रहेका निर्देशक ऋषि राज आचार्य र सह निर्माता बिमला भुसालको तर्फबाट उक्त राहत बितरण गरिएको हो । महामारीको समयमा पिडितका लागि थोरै भएपनि राहत मिलोस् भनेर आफुले खाध्यान्न सहयोग गरेको निर्देशक आचार्यको भनाई रहेको छ ।
‘चुरीफुरी’ आर.बि.मुभिजको ब्यानरमा बनेको फिल्म हो । रबिन्द्र झा, अभिषेक श्रेष्ठ, राजिब जङ्ग बस्नेत, पुजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दिपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी ), सुरबिर पन्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य ,राजेन्द्र खाती, लक्ष्मी ढकाल(जोया), महेश्वर आचार्य ,कमल सिंह, अस्मिता बस्नेत, सरिस्मा मगर, तुलसी प्रशाद श्रेष्ठ, रश्मि आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, जि.पि.पाठक, मनिल तामाङलगायतको अभिनय रहेको छ । फिल्म समय अनुकुल भए १ असोजबाट सार्वजनिक प्रदर्शनमा आउँने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’