बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरबाट लागुऔषध सहित ५ जना पक्राउ

बिहीबार, २७ जेठ २०७८, १० : ३४
बिहीबार, २७ जेठ २०७८

ललितपुरबाट प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ स्थित नौधाराबाट जेठ २१ मा राज महर्जन र कृष्ण कुमार बिकलाई पक्राउ गरेको थियो । पछि थप ३ जना पक्राउ परेका हुन् ।  

उनीहरुको बयानका बालकुमारी र ग्वार्को क्षेत्रबाट थप ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी दिनेश घिमिरेले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा शक्तिलाल साहु, राजकुमार शाह र रुपेश बादिकार छन् ।

इन्सपेक्टर हरी ओली नेतृत्वको टोलीले आरोपीहरुको साथबाट ५९ एम्पुल डाइजेल्याव, ६२ एम्पुल नुफ्रिन र ५९ एम्पुल फेनारगन बरामद गरेको छ । आरोपीहरुमाथी प्रहरीले लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप