बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा जीप दुर्घटना हुदाँ चालकको मृत्यु

बिहीबार, २७ जेठ २०७८, १० : ३२
बिहीबार, २७ जेठ २०७८

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भुमिका स्थानको ढिकुराबाट डेभातर्फ आज विहान जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको प्रहरीले जनाएको छ  ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा भुमिकास्थान –९ कागाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको  छ ।

गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ  । प्रहरीले घटना थप अनुसन्धान शुरु  गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप