आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्री तामाङले गरे सम्पति विवरण सार्वजनिक, १५ ठाउँमा जग्गा, २० तोला सुन

बिहीबार, २७ जेठ २०७८, ०९ : ४७
बिहीबार, २७ जेठ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पति विवरण सार्वजनिक गरेका छन् । मन्त्री नियुक्त भएलगतै सम्पति बिबरण सार्वजनिक गर्ने घोषणा गरेका उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आफ्नो र श्रीमती उषाकला राईको सम्पति विवरण बुझाएका हुन् । 

तामाङ्ले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको र श्रीमतीको नाममा गरी विभिन्न ठाउँमा १४ कित्ता जग्गाजमिन रहेको छ । 

तामाङको सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा गरी झन्डै १८ रोपनी जग्गा रहेको छ भने श्रीमती उषाकलाको नाममा काठमाडौंको जोरपाटीमा ३ आनामा बनेको अढाई तले घर सहित पूर्वका विभिन्न जिल्लामा ११ स्थानमा जग्गा जमिन रहेको छ । 

यस्तै तामाङको काठामाडौंमा ६ आना २ पैसा १ दाम जग्गा रहेको छ । यस्तै तामाङको २२ तोला सुन रहेको छ । अघिल्लो पटक कानून मन्त्री भएका बेला उनले ३० तोला सुन भएको विवरण सार्वजनिक गरेका थिए । 

यस्तै तामाङको एभरेष्ट बैंक सिंहदरबार शाखामा तलब भत्ता बापतको २ लाख १६ हजार १ सय २५ रुपैयाँ रहेको भने श्रीमती राईको दुईवटा बैंकमा १ लाख ६ हजार २ सय २५ रुपैयाँ रहेको छ । यस्तै तामाङको विभिन्न कम्पनीमा ५ लाख रुपैयाँको शेयर रहेको छ भने श्रीमती राईको नाममा १५ लाख रुपैयाँको शेयर रहेको छ । 

यस्तै राईले विभिन्न बैंकबाट ऋण लिएको र सो मध्ये केही तिरेको बिवरण पनि राखेका छन् । कृषि विकास बैंकमा १६ लाख र अन्यमा १९ लाख ऋण भएको उल्लेख गरेका छन् । 

यस्तै तामाङसँग एउटा कार र मोटरसाइकल रहेको छ भने श्रीमती राईको पनि एउटा कार रहेको छ । उनले ल्यापटप २ थान र ३ थान मोबाइल रहेको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप