शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चार प्रदेशको नीति तथा कार्यक्रम आज

बिहीबार, २७ जेठ २०७८, ०९ : ३६
बिहीबार, २७ जेठ २०७८

काठमाडौं । चार वटा प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन्।  प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशसभामा आर्थिक वर्ष ०७८/०७९ का लागि सरकारहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।

प्रदेश १ 

प्रदेश १ मा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपरान्ह ३ बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसका लागि सांसदहरुलाई निर्धारित समयको १५ मिनेटअघि नै प्रदेशसभा भवन पुग्न निर्देशन दिइएको छ। 

सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्गले आर्थिक वर्ष २०७८ ७९ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । 

विनियोजन विधेयकमाथिको छलफल बुधबार नै सकिएको छ। कोरोना भाइरसको महामारीका कारण छलफललाई छोट्याइएको थियो । कोरोनाका कारण देखाउँदै प्रदेश सरकारले आर्थिक ऐन संसोधन गदै १५ दिनको प्रि बजेटको समय पाँच दिनमा झारेको थियो ।

१५ दिनको समयसिमा छोट्याएर पाँच दिनमान झारेपछि विपक्षी दलहरु सत्तापक्षसँग रुष्ट बनेका थिए ।

 प्रदेश २

प्रदेश २ मा प्रदेश प्रमुख राजेश झा अहिराजले आज दिउँसो २ बजे प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।  नीति तथा कार्यक्रमको लागि समयमै उपस्थित हुन सभामुख सरोज कुमार यादवले प्रदेशसभा सदस्यहरुलाई जानकारी गराएका थिए ।

बुधबार नेपाली काँग्रेस सरकारमा सहभागी भएसँगै बिहिबार नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । नीति तथा कार्यक्रम पारित पछि असार १ गते बजेट ल्याउने प्रदेश सरकारको बजेट ल्याउने योजना छ । 

 बागमती प्रदेश

बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईंले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्। बागमतीमा  प्रि–बजेटमाथि १७ जेठ सोमबार प्रदेश सभामा छलफल गरेर बैठक स्थगित गरेको थियो।

बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत र छलफलपछि १ असारमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ।  तर मुख्यमन्त्री डोरमणि पौडेलको सरकार अल्पमतमा रहेको दाबी गर्दै नीति तथा कार्यक्रम पारित गर्न नदिने विपक्षीको अडान छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने क्रम छ । आज अपरान्ह ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप