शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पञ्चेबाजाका गुरुको निधन

बुधबार, २६ जेठ २०७८, २३ : १६
बुधबार, २६ जेठ २०७८

दैलेखमा पञ्चेबाजा र दाइने दमाहा बाजाका गुरु मानिने मानबिरे दमाईको निधन भएको छ ।  आठबिस नगरपालिका –१ का दमाईको ८८ वर्षको उमेरमा  आज दिउँसो निधन भएको स्थानीयबासी दिपक नेपालीले जानकारी दिए । दमाई लामो समयदेखि दमको रोगबाट पीडित रहेका थिए । कुनै बेला कुनै गाउँमा पञ्चेबाजा, हुड्के नाचमा उनको माग हुने र उनको दमाहा बज्दा गाउँमा भीड नै लाग्ने गरेको थियो । ठुला घरमा विवाह उत्सवमा हुँदा प्रायः उनले नै बजाउँथे ।

पूर्व राज्यमन्त्री शिवराज जोशी, आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायलगायत विभिन्न जनप्रतिनिधिले दमार्ईको निधनबाट अपूरणीय क्षति भएको बताउँदै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप