अभियन्ता रायको पहलमा आइसोलेशन सेन्टर स्थापना
सामाजिक अभियन्ता सरोज रायले सर्लाहीको बरहथवामा कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि २५ बेडको आइसोलेशन सेन्टर स्थापना गरेका छन् । भोलिदेखि उद्घाटन हुने अक्सिजनसहित २५ बेडको सो आइसोलेशनमा ओपिडी सेवा पनि सञ्चालन हुने अभियन्ता रायले बताए । भोलेन्टियर कर्प नेपालले स्वास्थ्य समाग्री सहयोग गरेपछि सरोजले सो सेन्टर स्थापना गरेका हुन् ।
सो आइसोलेशन सेन्टरको नाम टीएमएनसी आइसोलेशन सेन्टर राखिएको उनले बताए । त्यहाँ कोरोना संक्रमितका लागि सम्पूर्ण सेवा निशुल्क हुने बताइएको छ । डाक्टरको सेवालगायत अन्य जाँच, औषधी, पोषिलो खानालगायतका सम्पूर्ण सेवा निशुल्क हुने उनले बताए । सो सेन्टरका लागि पाँच जना डाक्टर, केही नर्स तथा अन्य प्राविधिक व्यक्तिको व्यवस्था गरिएको छ, उनीहरु सबैजनाले निशुल्कै सेवा गर्ने बताइएको छ ।
प्रदेश २ मै सबैभन्दा बढी प्रभावित क्षेत्र सर्लाहीको बरथवा नगरपालिका वडा नम्बर ११ रहेको छ । त्यहाँ एकैदिन ५६ जनालाई कोरोना जाँच गर्दा ४० जनामा पोजेटिभ निस्केको थियो । त्यहाँ कोरोना संक्रमितले उचित उपचार नपाएको कारण कोरोना संक्रमण दर बढ्दै गएको कारण आइसोलेशन सेन्टर स्थापना गरेको सरोज रायले बताए ।
अक्सिजनका तथा उपचारको अभावको कसैको ज्यान नजाओस् त्यसका लागि सम्पूर्ण व्यवस्था गरिएको बताउँदै उनले आइसोलेसन सेन्टर स्थापनाका लागि महेन्द्ररत्न जगरनाथ लक्ष्मनियाँ सितापुरले १० कोडाको एउटा भवन उपलब्ध गराइएको उनले जानकारी गराए । सो सेन्टर स्थापनाका लागि नगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट समेत अनुमति लिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार