बेलायतमा एक साताभित्र संक्रमण दर ७४ प्रतिशतले बढ्यो
बेलायतमा पछिल्लो एक सातामा कोरोना संक्रमण दर ७४ प्रतिशतले बढेको अधिकारीहरुले जनाएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ७ हजार ५४० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमण दर गत फेब्रुअरी २६ यताकै सबैभन्दा उच्च कायम भएको हो । फेब्रुअरी २६ मा ८ हजार ५२३ जना संक्रमित भएका थिए ।
यो संख्या अघिल्लो दिनको तुलनामा एक हजार पाँच सयले बढी हो । यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ३५ हजार ७५४ पुगेको छ ।
संक्रमण दर बढ्दै गर्दा बेलायतमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने विज्ञहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा भने अहिलेसम्म खासै वृद्धि भएको छैन । पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । हिजो मंगलबार १३ जना संक्रमितको ज्यान गएको थियो ।
बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८६० पुगेको छ । संक्रमण दर बढ्दै गएपनि अस्पताल भर्ना हुने र अस्पतालमा रहेको संक्रमित संख्या भने अझै न्यून रहेको छ ।
बेलायतमा ६ करोड ९२ लाख भन्दा बढी खोप वितरण
बेलायतमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएयता ६ करोड ९२ लाख ५१ हजार भन्दा बढी डोज खोप वितरण भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । पछिल्लो जानकारीअनुसार यहाँ ५४ दशमलव २ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ७७ दशमलव ३ प्रतिशतले पहिलो डोज लगाइसकेका छन् ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा ६ करोड ९२ लाख ५१ हजार १६३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७ लाख १० हजार ३१९ जनाले पहिलो र दुई करोड ८५ लाख ४० हजार ८४४ जनाले दोस्रो डोज लगाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही