कर्णाली प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमित शहरी क्षेत्रमा घटे पनि गाउँ गाउँमा फैलिइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बुधबार पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा कोरोना संक्रमण फैलिन सुरु गरेको बताए । पछिल्लो समय कर्णाली प्रदेशको संक्रमण दर उच्च रहेको समेत पौडेलले जानकारी दिए ।
उनका अनुसार कर्णाली प्रदेशमा ३५३ जनामा कोरोना परीक्षण गर्दा १५७ जनामा पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशका गाउँ गाउँमा कोरोनाका लक्षण भएका बिरामी रहेको सूचना प्राप्त भएको उनले सुनाए । यस्तै सुदूर पश्चिम प्रदेशमा ६१० जनाको परीक्षण गर्दा २२९ जनाको संक्रमण पुष्टि भएको उनले बताए । यहाँ ३७.५ प्रतिशतमा संक्रमण देखिएको जनाइएको छ ।
गत २४ घण्टामा गण्डकी प्रदेशमा १ हजार २१ जनाको कोरोना परीक्षण गर्दा ३०२ जनामा संक्रमण भएको पाइएको छ । त्यहाँ परीक्षण गरेका २९.६ प्रतिशतमा संक्रमण देखिएको जनाइएको छ । प्रदेश नम्बर १ मा १७७९ जनामा कोरोना परीक्षण गर्दा ६२३ जना कोरोना संक्रमण भएको प्रवक्ता डा.पौडेलले बताए ।
१४ दिनयता सक्रिय संक्रमित बढेका जिल्ला
प्रदेश नम्बर १ : पाँचथर, ओखलढुङ्गा, तेह्रथुम
प्रदेश नम्बर २ : सिरहा
बाग्मती प्रदेश : नुवाकोट, सिन्धुपाल्चोक
गण्डकी प्रदेश : नवलपरासी पूर्व
लुम्बिनी प्रदेश : रोल्पा
कर्णाली : रुकुम पश्चिम
सुदूरपश्चिमाञ्चल : दार्चुला
हाल देशभर ४८.८ प्रतिशत महिला र ६१.२ प्रतिशत पुरुष संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४६ जिल्लामा ५ सय भन्दा बढि संक्रमित देखिएका छन् भने पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ३४४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ४५६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लयमा फर्कियो इन्टर, घरेलु मैदानमा ३ अंक थप
-
अमेरिकी डलर, रियाल, दिराम, रिङ्गेटको भाउ बढ्यो, कतिको मूल्य कति ?
-
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा
-
लोप हुँदै तरबार नाच
-
ट्रम्पका सहयोगी गेट्जमाथि गम्भीर आरोप : कार्यालयभित्रै लागूऔषध सेवनदेखि नाबालिकको यौन शोषणसम्म
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान