गण्डकी प्रदेशसभाका उपसभामुख शर्मा घाइते
बुधबार, २६ जेठ २०७८, १९ : २७

गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्मा घाइते भएकी छन् । पोखरा महानगरपालिका –२१ स्थित फोक्सिङमा निर्माणाधीन ढलान बाटोको अनुगमन गर्ने क्रममा अचानक ढलान पाइप उछिट्टिएर लाग्दा उपसभामुख शर्मा घाइते भएकी हुन् ।
ढलान बाटो अनुगमनका क्रममा उपसभामुख शर्मासहित बाटो उपभोक्ता समितिका अध्यक्ष गौतम रसाइली पनि घाइते भएको उपसभामुख शर्माका स्वकीय सचिव प्रकाश शर्माले जानकारी दिए । पाइप उछिट्टिएर घाइते भएका उपसभामुख शर्मा र रसाइलीलाई दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा ल्याइएको थियो ।
उपचारका लागि अस्पताल पुगेकी उपसभामुख शर्मा सामान्य उपचारपछि घर फर्किएकी छन् । उपभोक्ता समितिका अध्यक्ष रसाइलीको खुट्टा भाँचिएकाले अस्पतालमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने
-
कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि
-
शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक
-
काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?
-
प्रचण्डद्वारा सैनामैनालाई खेलकुद हबका रूपमा विकास गर्ने प्रतिबद्धता
-
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत