प्रदेश १ मा कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा दोस्रो चरणको कोरोना संक्रमणबाट प्रदेश १ मा ५४६ जना मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ का विभिन्न अस्पताल र संस्थागत एवम् होम आइसोलेशनमा उनीहरुको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयकाअनुसार ५ महिला र १७ पुरुषको यो बीचमा मृत्यु भएको हो । सबैभन्दा बढी मोरङका ७ झापाका ६, सुनसरीका ४ र इलाम र भोजपुरका १–१ जना तथा प्रदेश १ बाहिरका ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याँक रहेको छ ।
विराटनगरको नोवेल शिक्षण अस्पतालमा सबैभन्दा बढी ७ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै विराटनगरको न्यूरो कोभिड अस्पताल र धरानको वीपी विज्ञान प्रतिष्ठानमा ३–३ जना, कोशी कोभिड उपचार केन्द्रमा २ जना, झापाको मेची कोभिड अस्पतालमा १ जना, अन्य आइसोलेसनमा ५ जना र होम आइसोलेसनमा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आज प्रदेशमा १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सबैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा आज ५०७ जना कोरोना संक्रमित थपिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृत सहभागी
-
थुनामा रहेका ४ भुटानीलाई देश निकाला नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
-
दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले
-
काठमाडौँ विश्वविद्यालयसँग सहमतिपछि अखिल क्रान्तिकारीको आन्दोलन फिर्ता
-
रामबहादुर बमजनले पाए सफाइ
-
श्रीमानकै योजनामा चुनुकुमारीको हत्या, धरानको जंगलमा भेटिएको थियो शव