काँग्रेसका युवा नेताहरूद्वारा काठमाडौंमा नि:शुल्क खाना वितरण
काठमाडौं । नेपाली काँग्रेस युवा नेताहरुले निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकलाई बिहान र साँझ खाना वितरण अभियान सुरु गरेका छन्। निषेधाज्ञाले रोजिरोटी गुमाएका नागरिकलाई भोकै पर्न नदिन जेठ २१ गतेबाट काठमाडौं नयाँबसपार्क र माछापोखरीमा निःशुल्क रुपमा बिहान र साझ खाना वितरण अभियान सुरु गरे हुन् । काँग्रेस युवा नेता भुपेन्द्रजंग शाही, ऋषि कोइराला, सुमन गिरी, सुवास कट्टेललगायत युवा नेताहरुको सक्रियता निःशुल्क खाना बितरण गरिँदै छ ।
पहिलो लहरको कोभिड रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका बेलामा पनि काठमाडौं, कर्णाली र देशका विभिन्न क्षेत्रमा समस्यामा परेका नागरिकलाई राहत तथा उद्दारमा लागेका थिए । शाही गत फागुन महिनामा हृदयाघात भएपछि लामो समय अस्पतालमा रहेका शाही स्वास्थ्यमा सुधार आईसँग निःशुल्क खाना वितरण अभियानमा लागेको छन् ।
शाही अहिले काठमाडौं अलपत्र तथा समस्यामा परेका नागरिकको उद्धार तथा राहतमा व्यस्त रहेको बताए । काठमाडौंमा निषेधाज्ञा हुँदा समस्या परेका नागरिकहरुलाई निःशुल्क खाना अभियान बुधबार छैटौं दिन पुगेको छ।
शाहीले भने, सेवा नै धर्म हो। मानवीयता, सामाजिक उत्तरदायित्व र सहयोगी भावना राखेर हामी केही युवा साथीहरुको पहलमा यही जेठ २१ गते बाट सुरु गरिएको छ । २५ सयभन्दा बढी व्यक्तिलाई निःशुल्क रुपमा खाना वितरण गरिएको शाहीले बताए ।
राष्ट्रिय संकट र महामारीमा राजनीतिक दलहरु र सामाजिक अगुवाहरु घरमा सुतेर बस्नु दुःखद भएको बताए । शाहीका अनुसार निःशुल्क खाना वितरण अभियान निषेधाज्ञा अवधिभर जारी रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?