शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका युवा नेताहरूद्वारा काठमाडौंमा नि:शुल्क खाना वितरण

बुधबार, २६ जेठ २०७८, १८ : ०३
बुधबार, २६ जेठ २०७८

काठमाडौं । नेपाली काँग्रेस युवा नेताहरुले निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकलाई बिहान र साँझ खाना वितरण अभियान सुरु गरेका छन्। निषेधाज्ञाले रोजिरोटी गुमाएका नागरिकलाई भोकै पर्न नदिन जेठ २१ गतेबाट काठमाडौं नयाँबसपार्क र माछापोखरीमा निःशुल्क रुपमा बिहान र साझ खाना वितरण अभियान सुरु गरे हुन् । काँग्रेस युवा नेता भुपेन्द्रजंग शाही, ऋषि कोइराला, सुमन गिरी, सुवास कट्टेललगायत युवा नेताहरुको सक्रियता निःशुल्क खाना बितरण गरिँदै छ । 

पहिलो लहरको कोभिड रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका बेलामा पनि काठमाडौं, कर्णाली र देशका विभिन्न क्षेत्रमा समस्यामा परेका नागरिकलाई राहत तथा उद्दारमा लागेका थिए । शाही गत फागुन महिनामा हृदयाघात भएपछि लामो समय अस्पतालमा रहेका शाही स्वास्थ्यमा सुधार आईसँग निःशुल्क खाना वितरण अभियानमा लागेको छन् । 

शाही अहिले काठमाडौं अलपत्र तथा समस्यामा परेका नागरिकको उद्धार तथा राहतमा व्यस्त रहेको बताए । काठमाडौंमा निषेधाज्ञा हुँदा समस्या परेका नागरिकहरुलाई निःशुल्क खाना अभियान बुधबार छैटौं दिन पुगेको छ।

शाहीले भने, सेवा नै धर्म हो। मानवीयता, सामाजिक उत्तरदायित्व र सहयोगी भावना राखेर हामी केही युवा साथीहरुको पहलमा यही जेठ २१ गते बाट सुरु गरिएको छ । २५ सयभन्दा बढी व्यक्तिलाई निःशुल्क रुपमा खाना वितरण गरिएको शाहीले बताए ।

राष्ट्रिय संकट र महामारीमा राजनीतिक दलहरु र सामाजिक अगुवाहरु घरमा सुतेर बस्नु दुःखद भएको बताए । शाहीका अनुसार निःशुल्क खाना वितरण अभियान निषेधाज्ञा अवधिभर जारी रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप