शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतको आदेशले तत्काल ७६ (५) को प्रधानमन्त्री बन्ने देउवाको चाहनामा ब्रेक !

बुधबार, २६ जेठ २०७८, १८ : ०३
बुधबार, २६ जेठ २०७८

काँग्रेस सभापति शेरबहादुर देउवाको अदालतको आदेशको बलमा प्रधानमन्त्री बन्ने योजनामा तत्कालका लागि ब्रेक लागेको छ । उनले सर्वोच्च अदालतको अन्तरिम आदेशको बलमा संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने चाहना राखेपनि त्यो तत्काल पुरा नभएको हो । 

सर्वोच्चको संवैधानिक इजलासले बुधबार देउवा सहितका १४६ सांसदको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेर अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै देउवाको तत्काल प्रधानमन्त्री बन्ने योजनामा ब्रेक लागेको हो ।  जेठ ७ गते गते देउवाले संविधानको धारा ७६(५) अनुसार बहुमत सदस्यको प्रधानमन्त्रीमा दावी गर्दै राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गरेका थिए । तर राष्ट्रपतिले त्यसलाई मान्यता दिएकी थिइनन् । 

बरु राष्ट्रपतिले नयाँ सरकार बन्न नसकेको भन्दै जेठ ७ गते मध्यराति प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गरिदिएकी थिइन् ।  उक्त घोषणा असंवैधानिक भन्दै काँग्रेस, माओवादी, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव समूहसहितको विपक्षी गठबन्धन अदालत पुगेको थियो । 

देउवा सहितका सांसदहरुको रिटमा काँग्रेस सभापति शेरबहादुर देउवालाई परमादेश मार्फत प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको थियो ।  अब अदालतमा असार ९ देखि सुनुवाइ हुनेछ भने त्यसपछि मात्रै मुद्दाको टुंगो लाग्नेछ ।

बुधबारको संवैधानिक इजलासको आदेशमा सरकारसँग लिखित जवाफ माग्ने,मुद्दामा ‘एमिकस क्युरी’ झिकाउने, बहसको समय तोक्ने लगायतका विषय उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप