शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विघटन विरुद्धको मुद्दामा ‘एमिकस क्युरी’ झिकाउने सर्वोच्चको आदेश

बुधबार, २६ जेठ २०७८, १७ : ३२
बुधबार, २६ जेठ २०७८

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागी सर्वोच्च अदालतले अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेश गरेको  छ । संवैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई, दुईजना वरिष्ठ अधिवक्तालाई झिकाउने आदेश गरेको हो । 

०७७ पुसमा भएको विघटनको मुद्दामा पनि सर्वोच्च अदालतले एमिकस क्युरी बोलाएर राय लिएको थियो ।  बुधवार शेरबहादुर देउवा सहितका सांसदहरुले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासले सो आदेश गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले एमिकस क्यूरी, प्रत्यर्थी कानुन ब्यवसायी र सरकारी वकिललाई असार १० गतेभित्र लिखित बहस नोट बुझाउन पनि आदेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप