निषेधाज्ञामा स्वास्थ्यमन्त्रीको उद्घाटन मोह !

नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ कोरोना महामारीका बेला उद्घाटन कार्यक्रममा हिँड्न थालेका छन् । मन्त्री तामाङले चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामुदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।
सरकार आफैंले निषेधाज्ञा घोषणा गरेका बेला मानिसहरुको कम भीडभाड गर्नुपर्ने बेलामा अस्पतालको सामान्य कार्यक्रममा मन्त्री नै पुगेर उद्घाटन गर्नुपर्ने अवस्थाले ओली सरकारको ‘उद्घाटन मोह’ लाई फेरि सम्झाइदिएको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको पनि उपस्थिति थियो ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री तामाङले उक्त अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटनसँगै आइसोलेसन सेन्टरको निरीक्षण गरे । काठमाडौं लोकन्थलीस्थित मुनरक इन्टरनेशनल प्रा.लि ले उक्त प्लान्ट जडान गरेको हो ।
उद्घाटनको क्रममा मन्त्री तामाङले चन्द्रागिरी नगरपालिका अक्सिजनमा आत्मनिर्भर बनेको भन्दै यहाँका जनप्रतिनिधिहरुले बधाई तथा धन्यवाद दिए । मन्त्री तामाङले उक्त सामुदायिक अस्पताललाई चाहिने आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि विश्वास दिलाए ।
मन्त्री तामाङले अक्सिजन प्लान्ट जडान गरेर आफ्नो गृहजिल्ला सिन्धुपाल्चोकलाई पहिलो जिल्ला बनाउने प्रयास गरेपनि चन्द्रागिरी नगरपालिका पहिलो भएको बताए । उनले सरकारले देशव्यापी रुपमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
अक्सिजन प्लान्टहरु जडान गर्नका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरिसकेकाले अब कार्यान्वयनको चरणमा जाने उनको भनाइ छ । प्लान्टको उद्घाटनको क्रममा मन्त्री तामाङले देशभर नै सबै नागरिकलाई चाँडै कोरोना विरुद्धको खोपको सुनिश्चिता गर्ने गरी काम गरिरहेको बताउँदै खोप सुनिश्चित नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य रमा आले मगरले अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरूलाई धन्यवाद दिइन् । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सबैको सहयोगले तोकिएको समयभन्दा धेरै अघि नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन