नेपालमा निको हुने दर बढ्दै, सक्रिय संक्रमित घट्दै
'नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४७ जनाको पीसीआर र ४५६८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४९ र ८९५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट कूल ५ लाख ९८ हजार ८१३ जना संक्रमित फेला परेका छन् एन्टिजेन विधिबाट १६ हजार ८३९ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये पुरुष ६१.२ प्रतिशत रहेका छन् भने महिला ३८.९८ प्रतिशत छन् ।
यही अवधिमा थप ५ हजार ७६८ जना निको भएका छन् । नेपालमा निको हुने दर ८५.२ प्रतिशत रहेको छ । कूल संक्रमितमध्ये ५ लाख १० हजार २९८ जना निको भइसकेका छन् ।
पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने संख्या बढिरहँदा सक्रिय संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । हाल देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ७४ हजार ४३८ जना होम आइसोलेसनमा, ५ हजार ८९८ जना संस्थागत आइसोलेसनमा, १ हजार ३१२ जना आईसीयू तथा ३७५ जना भेन्टिलेटरमा रहेका छन् ।
कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेहरूमा ८१ थपिएका छन् । योसँगै नेपालमा हालसम्म ८ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.६ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर