शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय बजारमा ‘टीभीएस एनटर्क १२५’ १ लाख युनिट बिक्री, यस्तो छ मूल्य र विशेषताहरु

बुधबार, २६ जेठ २०७८, १६ : २३
बुधबार, २६ जेठ २०७८

होसुर । टु व्हीलर र थ्री–व्हीलर निर्माता टीभीएस मोटर कम्पनीले ‘टीभीएस एनटर्क १२५’ को स्पोर्टी ब्लुटुथ जडान गरिएको स्कुटरले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिटको बिक्रीको लक्ष्य पार गरेको छ ।

सन् २०१८ मा टीभीएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु भएको थियो थियो । धेरै वर्षमा ब्रान्ड इन्डष्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीको दावी छ । आज टीभीएस एनटर्क दक्षिण एशिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आशियनका १९ देशहरुमा पुगेको छ ।

टीभीएस मोटर कम्पनीका निर्देशक एवम् सीईओ के एन राधाकृष्णनले टीभीएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख बिक्रीको लक्ष्य हासिल गरेकोमा खुशी लागेको बताए । यसको सुरुवात भएदेखि नै स्कुटरले विश्वव्यापी जेन जेड ग्राहकहरु बीच मनपर्दो बनेको थियो । स्कुटरको स्ट्राइकिङ उपस्थिति, जडित टेक्नोलोजी र उच्च प्रदर्शन भएको टीभीएस एनटर्क १२५ ब्रान्डको अनुभवको एक विशेषता भएको पनि उनले बताए ।

नेपालमा टीभीएस एनटर्क १२५ को पहिलो पटक लन्च नेशनल अटोमोबाइल डिलर एसोसिएशन(नाडा)अटो शोमा गरिएको थियो । त्यसबेला देखि नै यो स्कुटर नेपाली ग्राहकहरु बीच पहिलो रोजाई बन्न सफल भएको कम्पनीले दावी गरेको छ । यो विशेष गरी युवाहरुका लागि डिजाइन गरिएको थियो र स्कुटर टीभीएस रेसिङ पेडेग्रीमा आधारित छ ।  स्टेट–अफ–आर्ट सीभीटीआई–आरईभीभी३ भल्भ इन्जिनका साथ उपलब्ध छ । यस स्कुटरले विशेष टेक्नोलोजी प्ल्याटफर्म–टीभीएस स्मार्ट कनेक्टको पनि लन्च ग¥यो जसले यो स्कुटरलाई कनेक्टेड स्कुटरको रुपमा प्रतिष्ठित गराएको छ । त्यसपछि जगदम्बा मोटर्सले नेपालमा एनटर्क रेस एडिसनको लन्च गरेको हो ।  

रेस एडिसनमा एलईडी डीआरएल र अल–एलईडी हेडल्याम्प रहेको छ जसले रेगुलर ह्यालोजेन युनिट भन्दा राम्रो उज्यालो प्रदान गर्दछ । यसका अतिरिक्त स्कुटरमा हजार्ड ल्याम्पहरु रहेको छ जसलाई रातो रंगको हजार्ड स्वीचको सहयोगमा स्वीच अन गर्न सकिन्छ । यो स्कुटरको प्रमुख भिडियो हाइलाइट भनेको यसले ‘रेस एडिसन’ प्रतीकका साथ भाइब्रेन्ट चेकर्ड ºल्याग ग्राफिक्सको प्रस्तुती दिन्छ । यो रेस एडिसन म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगको तीन–टोन रंगको संयोजनको साथ उपलब्ध छ । टीभीएस एनटर्क १२५ रेस एडिसनले ब्लुटुथ मार्फत स्मार्टफोन जडानलाई पनि समर्थन गर्दछ । 

स्कुटरमा उर्जा प्रदान गर्न १२४.७९ सीसीको एयर कुल्ड एसओएचसी इन्जिन रहेको छ जसले रेस्पेक्टिभ पावर प्रदान गर्छ र ९.२ एचपी र १०.५ न्युटन मिटरको टर्क आउटपुट प्रस्तुत गर्दछ ।

एमडी जगदम्बा मोटर्सका शहिल अग्रवालले टीभीएस एनटर्क १२५ रेस एडिसनको लन्च गर्दै यो स्कुटर सबै ग्राहकहरुबीच लोकप्रिय बनेको र यसले मनोरञ्जनको एलिमेन्टलाई प्रस्तुत गर्ने बताएका थिए ।

त्यस पश्चात् टीभीएस मोटर कम्पनीले नेपालमा नयाँ एनटर्क १२५ सुपर स्क्वाड एडिसनको लन्च ग¥यो । स्कुटरको विशेष एडिसन मार्भेलको एभेन्जर्स–आइरन म्यान, क्यापटेन अमेरिका र ब्ल्याक प्यान्थर जस्ता पात्रहरुद्वारा प्रेरित भएको कम्पनीले जनाएको छ । यसमा विशेष रंग र बडी ग्राफिक्सको समिश्रण पनि रहेको छ । स्कुटरमा उही बीयस ४, १२४.७९ सीसीको एकल सिलिन्डर, ४–स्ट्रोक,३–भल्भ, एयर कुल्ड एसओएचसी इन्जिन रहेको छ जसले ९.४ बीएचपी ७५०० आरपीयम र १०.५ न्युटन मिटर ५५०० आरपीयमको पावर प्रदान गर्दछ । टीभीएस एनटर्क १२५ आºनो सेगमेन्टमा रहेको एकल स्कुटर हो जसले डिजिटल इन्स्ट्रुमेन्ट र ब्लुटुथ कनेक्टिभिटीको प्रस्तुती दिन्छ ।

सन् २०२० मा एनटर्क १२५ नेपाली बजारमा सबैभन्दा बढी बिव्रmी हुने १२५ सीसीको प्रिमियम स्कुटर बन्न सफल भएको पनि कम्पनीले दावी गरेको छ । एनटर्क १२५ ले यो उपलब्धि नेपाली बजारमा सुरु गरेको दुई वर्षमा नै प्राप्त गरेको बताइन्छ । नेपाली बजारमा यो स्कुटरले बीएस ४, १२४.७९ सीसीको एकल सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर कुल्ड एसओएचसी इन्जिन रहेको छ जसले ९.४ बीएचपी ७५०० आरपीएम र १०.५ न्युटन मिटर ५५०० आरपीएमको पावर प्रदान गर्ने र बीएस ६ एनटर्क १२५ को लन्च पनि छिटै गर्ने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा ‘एनटर्क १२५’ रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसन गरी तीन प्रकारमा उपलब्ध छ । रेगुलर एनटर्क १२५ ड्रमको नेपाली मूल्य २,१८,९००, डिस्कको २,४५,९००, एनटर्क १२५ रेस एडिसनको २,६१,९०० र एफआईको २,७७,९०० र एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य २,६६,९०० तोकिएको छ । 

टीभीएस एनटर्क १२५ तीनवटा भेरियन्ट–डिस्क, ड्रम र रेस एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक ब्लु रंगहरुमा उपलब्ध छ । रेस एडिसन रेड–ब्ल्याक र पहेलो–ब्ल्याक रंगहरुमा उपलब्ध छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप