कर्णाली प्रदेशसभा : बुधबारको बैठक पनि एमालेद्वारा अबरुद्ध
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको तेस्रो बैठक पनि प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्घ गरेको छ । फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने अडान एमालेले लिएको छ ।
मंगलबार बैठक नै नबसेर सुचना टाँस गरी स्थगित गरिएको थियो । आजपनि एमाले संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको भन्दै आक्रोश पोखे । प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो।
पहिलो बैठकमा प्रारम्भमै एमाले कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पाखेका थिए। दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने बताएका थिए।
सोही अनुसार आज पनि प्रतिपक्षले सदन चल्न नदिएपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
-
जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा