शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने १७ अर्ब नजिक

बुधबार, २६ जेठ २०७८, १६ : ०५
बुधबार, २६ जेठ २०७८

बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबार अधिकतम ५३ अंकले वृद्धि भएको बजारमा बुधबार एकै दिन १३.५६ अंकको गिरावट आएको हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजार परिसूचक नेप्से १३.५६ अंकले घटेर २९४६.५८ विन्दुमा झरेको छ । यस्तै आज क वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा कायम भएको छ । 

यद्यपि, यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने घटेको छैन ।  आज कुल २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर १ लाख ५५ हजार २३९ पटक किनबेच हुँदा अधिकतम १६ अर्ब ९९ करोड ७ लाख ९२ हजार ७०३ रुपैयाँको कारोबार भएको छ । 

आज व्यापार, फाइनान्स, जीवन बीमा निर्जीवन बीमा र म्युचुअल फण्ड समूह बाहेका अन्य सबैजसो समूहहरु ऋणात्मक भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप