बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपालमा विश्व खाद्य प्रणाली पूर्वसम्मेलन २०२१ सुरु

बुधबार, २६ जेठ २०७८, १५ : ५४
बुधबार, २६ जेठ २०७८

 संयुक्त राष्ट्र संघको नेतृत्वमा आगामी सेप्टेम्बरमा हुन लागेको विश्व खाद्य सम्मेलन २०२१ को पूर्वसम्मेलन नेपालमा सुरु भएको छ ।

‘सीमान्तकृत समुदायको अग्राधिकार, दिगो खाद्य प्रणाली सुनिश्चितताको मुल आधार’ नाराका साथ दिगो खाद्य प्रणालीमा उत्पादक समूह एवं साना किसानको योगदानका विषयमा भर्चुअल माध्यमबाट राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

नेपालमा यो सम्मेलन राष्ट्रिय कृषक समूह महासंघको समेत अन्य विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा सुरु भएको हो ।

राष्ट्रिय भूमि अधिकार मञ्च, सामुदायिक वन उपभोक्ता महासंघ, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपाल, एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) पुर्व सम्मेलनका आयोजक रहेका छन् ।

राष्ट्रिय कार्यक्रम सोमवार सम्पन्न भएपछि प्रदेश र पालिका तहमा सम्मेलनहरु गरेर जनचेतनामूलक कार्यक्रमहरु गर्ने योजना रहेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज वस्नेतले बताए ।

संयुक्त राष्ट्र संघले सन् २०३० को दिगो विकासको लक्ष्य हासिल गर्न वृहत सम्मेलन गर्न थालेको हो । सेम्टेम्बरमा हुने उक्त सम्मेलको तयारीस्वरुप आगामी जुलाई २६ देखि २८ मा रोममा पूर्व सम्मेलन हुँदैछ ।

राष्ट्र संघले विश्वभरबाट दिगो विकास लक्ष्य कार्यान्वयनको अवस्थाबारे अध्ययन गरेर प्राप्त सल्लाह सुझाव संकलन गर्दै रोममा हुने पूर्व सम्मेलनमा पेश गर्नेछ ।

पूर्व सम्मेलन सकेर सेप्टेम्बरमा विश्व सम्मेलन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप