आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विघटनविरुद्ध सांसदहरुले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि मात्रै अरुको सुनुवाइ

बुधबार, २६ जेठ २०७८, १५ : ४१
बुधबार, २६ जेठ २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा काँग्रेस सभापति शेर बहादुर देउवासहित १४६ सांसदको रिट निवेदनमा सुनुवाई सकिएपछि मात्र अरु निवेदनमा सुनुवाइ हुने भएको छ । 

सांसदहरुको रिट निवेदनमा बुधवार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भएको छ । प्रधानन्यायाधीश सहिका पाँच न्यायाधीशले आन्तरिक छलफलपछि लिखित आदेश आउने जानकारी गराएका छन् । 
‘केही बेरमा लिखित आदेश आउँछ’ संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने–‘लिखित आदेश आउँछ लिएर जानुहोला ।’

न्यायाधीश ईश्वर खतिवडाले २९ वटा रिट निवेदन एकातिर र शेरबहादुरसहितका सांसदहरुको रिट एकातिर राखेर सुनुवाई गरिने इजलासमा जानकारी गराएका छन् । 

देउवाको रिट निवेदनमा आदेश तयार भएको र प्रिन्ट हुने प्रक्रियामा रहेका न्यायाधीश खतिवडाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप