बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छिटो न्याय सम्पादनको माग गर्दै अदालत सप्तरीमा प्रदर्शन

बुधबार, २६ जेठ २०७८, १५ : ४२
बुधबार, २६ जेठ २०७८

 प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा छिटो न्याय सम्पादनको माग गर्दै सप्तरीमा माओवादी केन्द्रले प्रदर्शन गरेको छ ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन बदर गरी संसद पुनःस्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

त्यसक्रममा प्रदर्शनकारीले स्वतन्त्र न्याय प्रणालीमाथिको हस्तक्षेप बन्द गर, कानुनी शासनको वहाली गर लगायतका प्लेकार्ड बोकेर सप्तरीको राजविराजस्थित उच्च अदालत, राजविराज इजलास र जिल्ला अदालत अगाडी ११ बजे देखि २ घन्टा प्रदर्शन गरेका थिए । 

नेकपा (माओवादी) केन्द्रका जिल्ला अध्यक्ष अशोक कुमार मण्डलको नेतृत्वमा राजविराजको शिव मन्दिरबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै अदालत अगाडी पुगेर समापन भएको थियो ।

गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटनको घोषणा गरेकी थिइन् । उक्त कदम संविधान विपरित रहेको भन्दै सर्वोच्च अदालतमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी,  नेकपा (एमाले) माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा दिएको मुद्दामाथि सर्वोच्च अदालतमा बहस जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप