केन्द्रीय संस्करण

छाङ्गरुमा सशस्त्रको भवन ९ महिनामा भुइँतला मात्रै बन्यो

person explore access_timeजेठ २६, २०७८ chat_bubble_outline0

विसं २०७७ असोज ९ मा  रामबहादुर थापा बादलले व्याँसको छाङ्गरुमा सशस्त्र प्रहरीको भवन निर्माण शिलान्यास गरे । भारतले धार्चुला हुँदै कैलाश मानसरोवर जोड्न भन्दै नेपाली भूगोल लिपुलेक हुँदै सडक निर्माणको उद्घाटन गरेपछि सरकारले वैशाख ३१ गते व्याँसमा सीमा सुरक्षार्थ सशस्त्र प्रहरी राख्ने निर्णय गरेको थियो । शुरुमा बोर्डर आउट पोष्ट राखेर राज्यले सीमा सुरक्षामा सरकार गम्भीर बनेको देखाएको हो । 

बोर्डर आउट पोष्ट राखिएको तीन महिनापछि असार २८ गते मन्त्रिपरिषद्को निर्णयअनुसार छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय ग¥यो । सोही निर्णयअनुसार सदरमुकाम खलङ्गामा रहेको सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङ्गरुमा स्थानान्तरण गरियो भने खलङ्गामा सशस्त्र प्रहरी बल नं ४४ गण स्थापना भयो ।

    छाङ्गरुमा गुल्म नै स्थापना भएपछि सरकारले सशस्त्र प्रहरीलाई बाहै्रैमास राख्ने निर्णय ग¥यो । सोही अनुसार एक वर्षभित्रै सशस्त्र प्रहरीको भवन निर्माण हुने भनियो । निर्माण व्यवसायी सुरेश चन्दले दुई महिनाभित्र भुइँतलाका २० कोठा र एक वर्षभित्र सुविधासम्पन्न ४० कोठे भवन निर्माण गर्ने बताए । तर निर्माण शुरु गरिएको नौ महिनासम्म व्याँसमा सशस्त्र प्रहरीको जग मात्रै हालिएको छ । अहिले भवनको भुइँतलाको पिल्लरसम्म निर्माण पुगेको छ, व्याँस गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने “त्यो पनि चारैतिरबाट बनेको छैन । कूल रु १० करोड लागतमा भवन निर्माण भइरहेको छ ।” 

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीलाई बाह्रै महिना त्यहाँ राखिएको हो । व्याँसमा सशस्त्र गएको एक वर्षभन्दा बढी हुँदा पनि सशस्त्र प्रहरी अहिले भाडाको घरमा बस्दै आएका छन् । भवन अभावले अहिले पनि जनशक्ति व्यवस्थापन गर्न समस्या भएको सुरक्षाकर्मी बताउँछन् । भवन निर्माण अझै पनि ढिलाइ भइरहेको छ । सशस्त्र प्रहरीका अनुसार यही गतिमा हो भने भवन निर्माण अझै एक वर्ष बढी लाग्न सक्छ । 

त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बिओपी निर्माणको काम अहिलेसम्म शुरु हुन सकेको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बिओपी निर्माणको काम अझै शुरु भएको छैन । व्यास गाउँपालिका–१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बिओपी बनाउने तयारी गरिएको हो । चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिङ्करमा पनि सशस्त्र राख्न लागेको तर भवन दुवै ठाउँमा निर्माणमा ढिलाइ हुँदा यहाँ बस्ने सशस्त्र प्रहरीको मनोबल बढ्न नसकेको सुरक्षाकर्मी स्वयं बताउँछन् ।
    
तिङ्करमा छ महिनाभित्रै प्रिफ्याबको एङ्गलसहितको भवन निर्माण गर्ने सम्झौता हो । तर यो आर्थिक वर्षमा त्यो ठाउँमा भवन बन्ने सम्भावना छैन । सरकारले तिङ्करमा बोर्डर आउट पोष्ट बनाउनका लागि एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो । दुवै ठाउँका भवन निर्माणमा निर्माण व्यवसायीले चासो दिएको छैन । निर्माण व्यवयासीले भवन निर्माणमा चासो नदिँदा दुवै ठाउँमा ढिलाइ भएको हो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.