बौद्धमा शव भेटिएभन्दा केही पर जलेको अवशेष भेटियो
बुधबार, २६ जेठ २०७८, १५ : ०२
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरको अवशेष फेला परेको छ ।
नयाँबस्थितस्थित नौ तलेमा मंगलबार मानव शरीरको दायाँ पैताला र केही हड्डी फेला परेको थियो । सो स्थान भन्दा ५ सय मिटर पर पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । दायाँ पैताला र मासुका टुक्रा पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । हत्या गरेर जलाएपछि सो शव त्यहाँ ल्याएर फ्याँकिएको प्रहरीको निष्कर्ष छ ।
डीएनए परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालले प्रोफाइलिङ गर्ने बताइएको छ । शवको पहिचान र घटनास्थलको खोजीमा प्रहरी जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण