मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्धमा शव भेटिएभन्दा केही पर जलेको अवशेष भेटियो

बुधबार, २६ जेठ २०७८, १५ : ०२
बुधबार, २६ जेठ २०७८

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरको अवशेष फेला परेको छ । 

नयाँबस्थितस्थित नौ तलेमा मंगलबार मानव शरीरको दायाँ पैताला र केही हड्डी फेला परेको थियो । सो स्थान भन्दा ५ सय मिटर पर पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । 

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । दायाँ पैताला र मासुका टुक्रा पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । हत्या गरेर जलाएपछि सो शव त्यहाँ ल्याएर फ्याँकिएको प्रहरीको निष्कर्ष छ । 

डीएनए परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालले प्रोफाइलिङ गर्ने बताइएको छ । शवको पहिचान र घटनास्थलको खोजीमा प्रहरी जुटेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप